फाइल तस्विर

काठमाडौं। नेपाली कांग्रेसको चौधौँ महाधिवेशनको नयाँ कार्यतालिका बारे पदाधिकारी बैठक बस्ने भएको छ। बैठक आज बिहान १० बजे प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेर बहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बस्न लागेको हो।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार  देउवाको निजी निवास बूढानीलकण्ठमा बस्न लागेको बैठकमा पार्टीको १४औँ महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल हुने भएको छ। पार्टीको शनिबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले क्रियाशील सदस्यता विवाद टुङ्गोमा नपुगेको भन्दै साउन १२ गतेदेखि शुरु हुन लागेको अधिवेशनको कार्यतालिका तत्कालका लागि स्थगन गरेको थियो।