सृजना रसाइली, रामेछाप। रामेछापको गोकुलगंगा गाउँपालिकामा थप ७८१ जनाले कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका छन् । साउन ४ र ५ गते सञ्चालित खोप कार्यक्रममा गाउँपालिकाको ६ वटै वडामा  गरी ३९० जना महिला र ३९१ जना पुरुपले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

जसमध्ये ५५ वर्ष माथीका ३७५ जना, शिक्षक २८३ जना, सवारी चालक ३ जना,  स्वास्थ्यकर्मी र अन्य लक्षितवर्ग कर्मचारी १२० जनाले कोरोनाविरुद्धको खोप लगाएको निमित्त प्रमुख प्रशासकिय अधिकृत जागीर राय यादवले बताउनुभयो । जसमध्ये वडा नम्बर १ चुचुरेमा १६५ जनाले, वडा नम्बर २ ठोसेमा ९६ जनाले, वडा नम्बर ३ रस्नालुमा १६५ जनाले, वडा नम्बर ४ बेतालीमा १५० जनाले, वडा नम्बर ५ नामडीमा ११२ जनाले र वडा नम्बर ६ फर्पुमा ९३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यसैबीच साउन १३ र १४ गते  जोन्सन एण्ड जोन्सन कोरोना  खोप लगाइने यादवले जानकारी दिनुभयो । यसअघी असार २२, २३, २४, २५ र २६ गते  ३० जनाले कोरोनाविरुद्धको खोपको दोस्रो डोज र जेठ २६ र २७ गते ४९ जनाले पहिलो डोज र १० जनाले दोस्रो डोज लगाएका थिए ।