काठमाडौं। कोरोना भाईसरको सङ्क्रमदर हेर्दा महामारीको तेस्रो लहर आउन सक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले (बिहीबार) आज दिउँसो विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो बनाइएसँगै सङ्क्रमणदर फेरी बढेकाले तेस्रो लहर आउनसक्ने बताएका हुन् ।

विज्ञप्ति मार्फत तेस्रो लहर आउनसक्ने भएकाले सबै स्वास्थ्य संघसंस्थालाई अक्सिजन, शैयालगायत पूर्वाधार तयारी अवस्थामा राख्न अनुरोध गरिएको छ। कोरोना महामारीको तेस्रो लहर आएर भयाभह स्थिति हुन नदिन सबै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्न विप्ति मार्फत अनुरोध गरिएको छ। विज्ञप्तिमा जारी गरे पश्चात अधिकारीले भने “सबै अस्पताललाई अक्सिजन भर्न र शैया तयारी अवस्थामा राख्न निर्देशन दिएका छौँ”, उहाँले भन्नुभयो, “तेस्रो लहरले बालबालिकालाई बढी प्रभाव पार्ने भएकाले बालबालिकाका लागि सघन उपचारकक्ष (आइसीयू) र भेन्टिलेटर तयारी अवस्थामा राख्न भनेका छौँ ।”

नेपालमा २०७७ चैत दोस्रो सातादेखि कोरोना महामारीको दोस्रो लहर कायमै छ। हालसम्म नेपालमा ७ लाख २४ हजार ४५५ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ। त्यस्तै ६ लाख ३६ हजार ४०२ व्यक्ति निको भई घर फर्किएका र नौ हजार ६३७ को सङ्क्रमणबाट निधन भइसकेको छ।