सिन्धुली। नेपाली काङ्ग्रेसका नेता श्याम घिमिरेमाथि आक्रमण गर्नेलाई कारबाही गर्न नेपाली काङ्ग्रेस सिन्धुलीले माग गरेको छ।

नेपाली काङ्ग्रेसको आसन्न १४ औँ महाधिवेशनमा क्रियाशिल सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण छानबिन समितिले सदस्यता छानबिन सम्बन्धी कार्य जारी रहेको अवस्थामा काङ्ग्रेसका केन्द्रीय सदस्य घिमिरेमाथि भएको घट्नाको गम्भिर ध्यानाकर्षण भएको काङ्ग्रेस सिन्धुलीका सभापति उज्ज्वलप्रसाद बरालले बताए। नेपाली काङ्ग्रेस पार्टीको मेरुदण्डको रुपमा रहेको सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणमा विविध समस्या रहेको यथार्थतालाई सबैले स्वीकार गर्नुपर्ने काङ्ग्रेस सिन्धुलीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ।

छानबिन समितिलाई स्वतन्त्रपुर्वक जिम्मेवारी पुरा गर्ने दायित्वलाई कोही कसैले बलजफ्तिपुर्वक प्रभाव पार्ने कोसिस गरिनु निन्दनिय भएको काङ्ग्रेस जिल्ला सभापति बरालले बताए। क्रियाशिल सदस्यता छानबिन समितिका सदस्य समेत रहेका नेता घिमिरेमाथि भएको दुर्व्यबहारप्रति काङ्ग्रेस जिल्ला कार्यसमितिले घोर भ्रर्त्सना गरेको जनाउँदै घट्नाको निश्पक्ष छानबिन गरी दोषिलाई कारबाही गर्न माग गरेको छ। उक्त घट्नाप्रति नेपाली काङ्ग्रेस प्रदेश सभा निर्वाचन क्षेत्रिय कार्यसमिति क्षेत्र नं. २ (क) सिन्धुलीले पनि घोर भ्रर्त्सना गर्दै प्रेश विज्ञप्ती जारी गरेको प्रदेश सभा निर्वाचन क्षेत्रीय सभापति बोधविक्रम थापाले बताए ।