काठमाडौं। एमालेका उपाध्यक्ष समेत रहेका सांसद् भीम रावलले सांसद् पदबाट राजीनामा दिएका छन्। रावल अछाम क्षेत्र नं. १ बाट निर्वाचित सांसद् हुन्। 

सांसद् रावलले सिंहदरबारमा आईतबार माधव नेपालपक्षका सांसदहरूको भेलामा राजीनामा दिएको घोषणा गरेका हुन्। आज, प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत लिने दिन रावलले राजीनामाको घोषणा गरेका हुन्। यस अघि एमालेका रावल सहित २६ सांसदले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीको दाबीमा शेरबहादुर देउवालाई समर्थन गरेका थिए। 

रावलले नेपालको उच्च राजनीतक तहमा अनैतिक गतिविधि देखिएकाले आफूले राजीनामा दिएको सञ्चारमाध्यमहरूलाई जनाएका छन्। देश र जनविरोधी राजनीतिक मतियार हुनुभन्दा त्यस्तो दुषित खेलबाट आफूलाई अलग्याउन राजीनामा दिएको बताएका छन्।