काठमाडौं। नेपालमा फेरी कोरोना सङ्क्रमण दर उकालो लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। पछिल्लो २४ घण्टामा कूल परीक्षणको झण्डै २० प्रतिशत अर्थात् १ हजार ८७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। 

मन्त्रालयका अनुसार दश हजार ६६ जनामा गरिएक परीक्षणमा १ हजार ८७५ जनामा सङ्क्रमण पुष्टि भएको छ। निषेध आदेश खुकुलो बनाइएसँगै चहलपहल बढेपछि सङ्क्रमण दर बढेको हो। 

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रणको कारण २१ जनाको ज्यान गएको छ। यो सँगै नेपालमा कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउनेको संख्या ९ हजार ५२७ जना पुगेको छ।

हालसम्म नेपालमा ७ ला १४ हजार २४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भईसकेको छ। त्यसमध्ये ६ लाख ३० हजार ४०७ जनाले कोरोना जिति सकेका छन्।