काठमाडौं। युनियन लाईफ इन्स्योरेन्सको शेयर बाँडफाँट गरेको छ। असार २४ गतेदेखि सर्वसाधारणमा जारी गरेको शेयर आज बाँडफाँट गरेको हो।

कम्पनीको शेयरमा २१ लाख ८२ हजार ७७५ नजाको आवेदान परेको कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ। माग भन्दा बढी आवेदन परेकाले कम्पनीको शेयर धितोपत्र निकाष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताका दरले वितरण गर्दा ५ लाख ८० हजार ५०० ले १० कित्ताका दरले शेयर पाएका छन्। त्यस्तै शेयर भरेका मध्ये १५ लाख ३२ हजार २९९ जनाको हात  खाली भएको छ। भने ६९ हजार ९७६ आवेदन दोहरोरो तथा विभिन्न कारणले रद्ध गरिएको क्यापिटल जनाएको छ। 

कम्पनीले आफ्नो कुल पूँजी २ अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशत हुने ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर सर्वासाधारणका लागि निष्काशन गरेको थियो।