उपत्यकामा जारी निषेधाज्ञा साउन १० गतेसम्मका लागि थप भएको छ। बिहीबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकलले साउन १० गतेसम्म लकडाउन जारी राख्ने निर्णय भएको हो। 

बैठकले लामो दूरीका सार्वजनिक यातायात सम्बन्धित जिल्ला प्रशासनको पास बनाएर काठमाडौं आउन पाउने निर्णय गरेको छ। यसअघि को बैठकले निर्णयले काठमाडौं उपत्यकामा सार्वजनिक यातायात जोरबिजोर प्रणालीको हटाई सकिएको छ। सार्जनिक यातायात सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने निर्णयलाई यथावत राखेको छ ।

गाडी भित्र बस्दा यात्रुले मास्क, सेनिटाइजरको प्रयोग र सामाजिक दूरी कायम अनिवार्य गर्नुपर्ने छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि बिहीबार राति १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो । (गोरखापत्र)