बिबिसी। फुटबल स्टार लियोनल मेस्सी पाँच वर्षसम्म फुटबल क्लब बार्सिलोना मै रहने सम्झौता गरेका छन्। उनीले बार्सिलोनामा पहिले पाउनेभन्दा आधा तलबमा बार्सिलोना बस्ने गरी सम्झौता गर्न लागेका हुन्। 

यसअघि उनले गेको सम्झौता जुन ३० मा समाप्त भएसँगै उनी क्लब बिहिन भएका थिए। त्यसबेला उनले बार्सिलोनाबाट वर्षिक १२ करोड ३० लाख पाउण्ड तलब पाउँथे। क्लबका नयाँ अध्यक्ष जोन लापोर्टाले मेस्सीसँग सम्झौता गर्नु आफ्नो प्रमुख लक्ष्य भएको बताइरहेका बेला उनले मेस्सीसँग थप पाँच वर्षको सम्झौता गर्न लागेका हुन्। यो सम्झौतामा दुवैतर्फबाट हस्ताक्षर भएमा सन् २०२६ को अन्त्यसम्म मेस्सी बार्सिलोना फुटबल क्लबबाट खेल्ने छन्।

लियोनल मेस्सीलाई बार्सिलोनामै अनुबन्ध गर्न क्लबकका खेलाडी जूनियर फिर्पो, जीन-क्लेयर तोडिबो र कारलेस एलेना जस्ता फ्रिन्ज खेलाडीहरू बजेटका कारण बिक्री भइसकेका छन्। मेस्सीलाई अनुबन्ध गराउन कै लागि क्लबले अझ केही समय स्टार खेलाडीहरू अनुबन्ध गर्न नसक्ने अवस्था आउन सक्छ ।

उनलाई क्लबले अनुबन्ध गर्न नसके पेरिस सेन्ट-जर्मेन, म्यानचेस्टर सिटी जस्ता क्लबहरूले आफ्नो क्लबमा भित्र्याउने दाबी गरिरहेका थिए। यदी उनीलाई म्याचेस्टर सिटीले अनुबन्ध गरेको भए उनी आफ्नो पुरानो बार्सिलोनाका प्रशिक्षक पेप गार्डिओलासँग पुनर्मिलन हुने थिए जुन उनले पहिले अनुभव गरिसकेका थिए।