काठमाडौं। पछिल्लो २४ घन्टामा देशभर १ हजार ८३१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार ५ हजार ५३५ पीसीआर र ३ हजार ६८३ जनाको एन्टजेन बिधीबाट कूल ९ हजार २१८ परीक्षण गर्दा १ हजार ८३१ जनामा कोरोना सङ्क्रम पहिचान भएको हो ।

यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ५३३ जना संक्रमित निको भएका छन् । कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा २० संक्रमितको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९९ हजार ८८ पुगेको छ । जसमध्ये ६ लाख ११ हजार ८९४ हजार जना निको भएका छन् भने ९ हजार ३८२ जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित २६ हजार १७३ जना रहेका छन् ।