मनकामना स्मार्ट लघुवित्तको आइपीओ असार २८ गते सोमबार बाँडफाँट हुने भएको छ। सोमबार बिहान ९:३० बजे लघुवित्तको शेयर बाँडफाँट गर्ने एनएमबी क्यापिटलले  जनाएको हो।

लघुवित्तले शुक्रबार प्रि अलटमेन्ट गरेर आईपीओ बाँडफाँटको लागि नेपाल धितोपत्र बोर्डसगँ अनुमति पाएपछि सोमबार लघुवित्तको आईपीओ बाँडफाँट गर्न लागेको हो। लघुवित्तले असार १७ गते देखि २१ गतेसम्म बिक्रीमा ल्याएको आइपीओमा २० लाख ३६ हजार २४५ आवेदक (७३ गुणाबढी) जनाबाट  २ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ बराबरको २ करोड ६५ लाख ७४ हजार ५० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ।

सर्वसाधारणका लागि ३ लाख ६३ हजार ४९२ कित्ता शेयर वितरण हुनेछ। लघुवित्तले प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ८९ हजार कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो जस अनुसार लघुवित्तको शेयर भाग्यमानी ३६ हजार ३४९ जनाले १० कित्ताका दरले शेयर पाउने छन् भने ९८.१० प्रतिशत भन्दा धेरैले शेयर नपाउने निश्चित छ।