काठमाडौं। अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि जितेको छ। साविक विजेता ब्राजिललाई उसकै मैदानमा १-० पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को उपाधि जितेको हो।

खेलको २२ औँ मिनेटमा एन्जल डि मारियाले गरेको गोल नै अर्जेन्टिनाको जितका लागि निर्णायक बन्यो। अर्जेन्टिनाले २२ औँ मिनेटमा लिएको अज्रता ब्राजिलले तोड्न नसक्दा खेलको नतिजा अर्जेन्टिनाको पक्षमा रह्यो। कोपा अमेरिका २०२१ को सबै खेलमा ४ गोल र ५ असिस्ट गरेका अर्जेन्टिनाका कप्तान लियोनल मेसी बेस्ट प्लेयर, बेस्ट स्कोररको उपाधी जिते।

सन् १९९३ पछि अर्जेन्टिना ५ पटक फाइनलमा पुग्दा पहिलो जितदर्ता गर्‍यो। लियोनल मेसीको कप्तानीमा अर्जेन्टिनाले पहिलो पटक सिनियर ट्रफी उचाल्न सफ भयो। मेसीले अर्जेन्टिकाको लागि १५ वर्ष खेल्दा भने कुनै पनि ठुलो प्रतियोगिताको उपाधि जित्न सकेका थिएनन् । यसपटक मेसीको कप्तानीमा कोपा अमेरिकाको फाइनल पुगेको अर्जेन्टिनाले फाइनलमा ब्राजिललाई १-० ले पराजित गर्दै उपाधि जितेको हो। मेसीले अर्जेन्टिनाबाट १५१ खेलमा ७६ गोल गरेका छन्।

कप्तान लियोनल मेसीकै कप्तानीमा सन् २०१५ र २०१६ को कोपा अमेरिकाको अर्जेन्टिना फाइनलमा पुगेको थियो। उनकै कप्तानीमा सन् कप्तानीमा अर्जेन्टिना २०१४ को विश्वकपको फाइनल खेलेको थियो।