सृजना रसाइली, रामेछाप। रामेछापको गोकुलगंगा गाउँपालिकामा थप ३० जनाले भेरोसेल खोपको दोस्रो डोज लगाएका छन् । शनिबार कोरोना विरुद्ध खोपको पहिलो डोज लगाएकाहरूलाई दोस्रो डोज दिईएको हो।

खोप लगाएकामध्ये  वडा नं-१ चुचुरेका ४ जना, ठोसेका ३ जना, रस्नालुका ५ जना, बेतालीका ११ जना र बाँकी ६ जना अन्य ठाउँको रहेको गोकुलगंगा अस्पतालले जनाएको छ । सरकारले भेरोसेल खोपको पहिलो डोज लगाएकालाई असार २२ गतेदेखि दोस्रो डोज दिन सुरु गरेको थियो । गोकुलगंगा अस्पतालमा खोप कार्यक्रम असार २१, २१, २३, २४, २५ र २६ गते सञ्चालन गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत जागिर राय दलले जानकारी दिनुभयो । गोकुलगंगा गाउँपालिकामा  यसअघी जेठ २६ र २७ गते ४० जनाले पहिलो डोज र १० जनाले दोस्रो डोज खोप लगाएका थिए ।