काठमाडौं। इङ्गल्याणडले जारी युरो कपको फाइलनमा स्थान बनाएको छ। इङ्गल्याण्डले सेमीफाइलनमा डेनमार्कलाई २-१ ले हराउँदै सेमीफाइलनमा स्थान बनाएको हो।

गए राति बेलायतको वेम्लि स्टेडियममा सम्पन्न खेलमा इङ्ल्याण्डले डनमार्कलाई २-१ ले हराउँदा इङ्ल्याण्ड युरो कपको फाइनल प्रवेश गरेको छ। नियमित ९० समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समयको १०४ औँ मिनेटमा इङ्गल्याण्डले गोल गर्दै फाइलनको यात्रा तय गरेको हो। खेलको ३० औँ मिनेटमा डेनमार्कका मिकेल ड्याम्सगार्डले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएपनि खेलको ३९ औँ मिनेटमा डेनमार्कले आत्मघाती गोल गर्दा इङ्गल्याण १-१ को  बराबरीमा फर्किएको थियो। पहिलो हाफ १-१ को बराबरीमा सकिँदा दोस्रोहाफमा समेत कुनै गोल नहुँदा खेल अतिरिक्त समयमा धकेलिएको थियो। 

अतिरिक्त समयमा इङ्गल्याण्डका कप्तान ह्यारी केनले गोल गर्दै इङ्गल्याणलाई फाइनलको यात्रा तर्फ डोर्‍याएका हुन्। इङ्गल्याणले अब फाइनलमा इटालीको सामना गर्नेछ।

फाइनल खेल जुलाई १२ मा हुनेछ।