काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९७९ जनामा कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। एन्टिजेन र पिसीआर दुवै विधीबाट ११ हजार ८९८ जनामा गरिएको परीक्षणमा उक्त सङ्क्रमितको पहिचान भएको हो। 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३३३ जना सङ्क्रमित कोरोना सङ्क्रमण मुक्त भएका छन्। योसँगै नेपालमा कोरोना सङ्क्रमण मुक्त हुनेको संख्या ६ लाख १४ हजार ३२७ जना पुगेको छ। नेपालमा कोरोना सङ्क्रमण मुक्त हुने दर ९४.५% रहेको मन्त्रालयले जनाएको छ। 

कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा २८ जनाले ज्यान गुमाएका छन्। योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ हजार २९१ जना पुगेको छ।