काठमाडौं। इटाली युरो कप २०२० को फाइनलमा प्रवेश गरेको छ। इटालीले ट्राइब्रेकरमा स्पेनलाई ४-२ ले हराउँदै फाइनल प्रवेश गरेको हो।

बेलायको वेम्ली स्टेडियममा सम्पन्न सेमीफाइल खेलको नियमित र अतिरिक्त समयमा समेत १-१ को बराबरी खेलेपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिईएको थियो। खेलमा इटालीले अग्रता लिएपनि नियमित समयमै स्पेन खेलमा फर्कँदा खेल १-१ को बराबरीमा रोकिएको थियो। इटालीका फेड्रिको चेसियाले ६० औँ मिनेटमा गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए। त्यसको २० मिनेट पछि एल्भारो मोराटाले गोल गर्दै स्पेनलाई खेलमा फर्काए। त्यस पछि कुनै गोल नहुँदा खेल ट्राब्रेकरमा धकेलियो। 

इटालीले ट्राइब्रेकरमा स्पेनलाई ४-२ले हराउँदै फाइनल प्रवेश गरेको छ।