काठमाडौं। साविक विजेता ब्राजिल कोपा अमेरिका २०२१ को फाइनलमा प्रवेश गरेको छ। मङ्गलबार बिहान भएको सेमिफाइनलमा ब्राजिलले पेरुलाई १-० ले पराजित गर्दै उपाधि भिडन्तमा स्थान पक्का गरेको हो।

खेलको ३५ औँ मिनेटमा लुकास पाक्‍वेटाको गोलबाट ब्राजिलले अग्रता लियो । नेयमारले पेरुको डिफेन्स चिर्दै पेनाल्टी क्षेत्र भित्र दिएको पासलाई पाक्वेटाले शक्तिशाली प्रहार गर्दै ब्राजिललाई अग्रता दिलाए। बाँकी समय खेलमा कुनै गोल नहुँदा सीफाइलनको खेल ब्राजिलले जित्यो।

साविक विजेता तथा ९ पटक कोपा अमेरिका कप जितिसकेको ब्राजिल यस पटक पनि कोपा अमेरिका जित्ने होडमा लागेको छ। उपाधि होडमा उसले फाइनलसम्मको यात्रासमेत तय गरि सकेको छ। 

सेमीफाइलनको अर्को खेल भोली बिहान अर्जेन्टिना र कोलम्बियाबीच हुनेछ। नेपाली समय अनुसार खेल भोली बिहान ६:४५ बजे शुरु हुनेछ।