काठमाडौं । साताको दोस्रो दिन आज (सोमबार) नेप्से परिसूचक ५ अंकले बढेर २ हजार ८ सय पचहत्तर विन्दु नाघेको छ भने सेन्सेटिभ इन्डेक्स ४ अंकले बढेर ५ सय ३३ विन्दु नाघेको छ ।

कारोबार समयभर २ सय १९ कम्पनीको शेयर खरिद बिक्री भएको छ । पछिल्लो समय नेप्सेसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । करिब २० अर्ब सम्मको कारोबार हुँदै आएको बजार आज ८ अर्ब पनि पुग्न सकेन । १ करोड ९२ लाख ८२ हजार ८ सय १५ कित्ता शेयर ८१ हजार ३०० पटक खरिद बिक्री भयो ।

कारोबारमा आएको १३ उपसमूहमध्ये ६ उपसमूह बढेको छ भने ७ उपसमूह घटेको छ । माइक्रोफाइनान्स र लगानी उपसमूह २ प्रतिशत बढीले बाढेको छ भने हाइड्रोपावर र विकास बैंक २ प्रतिशत बढीले घटेको छ ।