काठमाडौं। युरो कप २०२० अन्तर्गत गए राति सम्पन्न समुह चरणको दोस्रो खेलमा समुह बीमा रहेको बल्जिएम तथा समुह सीको नेदरल्याण्ड र युक्रेन बिजायी भएको छ। समुह चरणको खेलमा बेल्जिएमले डेनमार्क, नेदरल्याण्डले अष्ट्रिया तथा युक्रेनले उत्तरी मेसोडोनिया माथि जित दर्ता गरेको हो। 

समुह बीमा रहेको बेल्जिएमले डनमार्क माथि कमब्याक जित दर्ता गरेको हो। खेलको दोस्रो मिनेटमै गोल खाएको बेल्जिएमले दोस्रो हाफको ५४ औँ मिनेटमा थोर्गोन हाजार्ड तथा ७० औँ मिनेटमा केभि डे ब्र्युनेले गोल गर्दै बेल्जियमलाई खेलमा फर्काएका थिए। समुह चरणको दुवै खेल जितेको बेल्जिएम ६ अङ्कका साथ दोस्रो चरणमा स्थान बनाएको छ। 

गए राति नै सम्पन्न समुह सीमा रहेको नेदरल्याण्डले अष्ट्रिया माथि सहज २-० को जित दर्ता गरेको छ। योसँगै नेदल्याण्डले पनि समुह चरणको दुवै खेल जित्दै दोस्रो चरमा स्थान बनाएको छ। नेदरल्याण्ड युरो कपको इतिहासमा १३ वर्षपछि पहिलो पटक दोस्रो चरणमा प्रवेश गरेको हो। नेदरल्याण्डको जितमा खेलको ११ औँ मिनेटमा पाएको पेनाल्टीलाई मेम्फिस डिपेले गोल गर्दै अग्रता दिलाएका थिए भने खेलको ६७ ‍औँ डेन्जेल डम्फ्रिरेले गोल गर्दा २-० को जित सम्भव भएको थियो। 

त्यस्तै समुह सीको अर्को खेलमा युक्रेनले उत्तरी मसोडोनियालाई २-१ ले हरायो। युक्रेनको जितमा एण्ड्री यार्मोलेङ्को र रोमन यारेन्चोकले क्रमश खेलको २९ र ३४ औँ मिनेटमा गोल गरे भने उत्तरी मेसोडोनियाको इग्जान अलिओस्कीले खेलको ५७ औँ मिनेटमा सान्त्वना गोल फर्काए।

समुह सीमा समान दुई खेलेको नेदरल्याण्ड सतप्रतिशत जित सहित अग्रस्थानमा छ, युक्रेन र अष्ट्रिया समान १ जित र १ हार सहित दोस्रो र तेस्रो स्थानमा रहेको छ भने दुवै खेल हारेको उत्तरी मेसोडोनीया अङ्कतालिकाको पुछारमा रहेको छ। 

युरोकप अन्तर्गत नेपाली समय अनुसार आज साँझ ६:४५ मा समूह इमा रहेको स्वीडेन र स्लोभाकिया, राति ९:४५ बजे समुह डिमा रहेको क्रोएसिया र चेकरिपब्लिकबीच खेल हुनेछ भने राति १२:४५ बजे समुह डी कै इङ्गल्याण्ड र स्कटल्याण्डबीच खेल हुने छ।