काठमाडौं । युरोकपको आज (आइतबार) साँझ भएको समूह 'डी' को खेलमा इंग्ल्याण्डले क्रोएसियालाई १-० गोलले हराएको छ । 

नेपाली समयमा अनुसा ६ बजेर ४५ मा सुरु भएको खेलमा इंग्ल्याण्डको जितमा राहिम स्टर्लिङ्गको गोलमा ३ अंक बटुल्न सफला भएको हो । स्टर्लिङ्गले दोस्रो हाफको ५७ औं मिनेटमा गोल गरेका थिए । बाँकी समयमा दुवै पक्षबाट थप गोल हुन नसक्दा इंग्ल्याण्डले स्पष्ट जित निकाल्दै युरोकपको सुखद् सुरुवात गरेको छ । 

समूह 'डि' मा इंग्ल्याण्ड, क्रोएसिया, चेक रिपब्लिक र स्कटल्याण्ड रहेको छ । चेक रिपब्लिक र स्कटल्याण्डको खेल भोलि रहेको छ ।