काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर २ हजार ४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नियमित प्रेस ब्रिफिङ मार्फत मन्त्रालयले कोभिड सम्बन्धी देशभरको अवस्था अपडेट गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४०६ जनाको नमुना परीक्षण गरिएको थियो। जसमध्ये काठमाडौँ उपत्यकामा ६ सय ५३ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण ४६ जनाको मृत्यु भएको छ। आज देशभर ३ हजार ९९४ जना संक्रमणमुक्त भएका छन् ।