काठमाडौं। विश्वकप तथा एसियन कप छनोटको अन्तिम खेलमा अष्ट्रेलियासँग ३-० पराजित भएको छ। दश खेलाडीमा सीमित नेपाल अष्ट्रेलियासँग पराजित हुन पुगेको हो।

दश खेलाडीमा सीमित नेपालले पहिलो हाफम २ तथा दोस्रो हाफमा १ गोल कन्सिड गर्न पुगेको थियो। पहिलो हाफको अन्तिममा विपक्षी खेलाडीलाई फल गर्दा नेपालका डिफेन्डर रोहित चन्दले रेड कार्ड खान पुगेका थिए। १० खेलाडिमा सीमित नेपालले डिफेन्सलाईमा अष्ट्रेलियाको दर्जनौँ आक्रमण विफल पार्दा खेल ३-० मात्र पराजित हुन पुगेको छ। अष्ट्रेलियाले खेलको १५ औँ, ३८ औँ र ५५ औँ मिनेटमा गोल गर्दा ३-० को नतिजा हात  पारेको हो।

नेपालका तीन नयाँ खेलाडीले राष्ट्रिय टीममा डेब्यु गरेका छन्। नेपालका तीन खेलाडी सुरज जिउ ठकुरी, आयुष घलान र कमल थापाले आज राष्ट्रिय टीमबाट अष्ट्रेलिया विरुद्धको खेलमा डेब्यु गरेका हुन्।

हारसँगै नेपालको एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना सकिएको छ । तेस्रो चरण पुग्न नेपालले प्लेअफ चरण पार गर्नुपर्ने हुन्छ । सबै समूहका पुछारका टोली र चौथो स्थानमा रहने कमजोर चार टोलीले प्लेअफमा प्रतिस्पर्धा गर्नेछन् । अष्ट्रेलिया भने ७ खेलमा २१ अंकसहित विश्वकप छनोटको तेस्रो चरण तथा एसियन कपका लागि छनोट भएको छ । नेपाल भने ८ खेलमा ६ अंकसहित चौथो स्थानमा रहयो ।