काठमाडौं । आज (सोमबार) साँझ ९:४५ मा जोर्डान र नेपालबीच विश्वकप २०२२ र एसिया कपको छनौट चरणको खेल हुँदैछ । 

समूह चरणको ६ खेलमा ६ अंक रहेको नेपाल र ६ खेलमा १० अंक बटुल्दै समूहको तेस्रो स्थानमा रहेको जोर्डानबीचको खेल कुवेतमा हुनेछ । तुलनात्मक रुपमा नेपालभन्दा बलियो टोली जोर्डानबी यस अघि भएको ३ खेलमा कुनैमा पनि नेपालले जित नकाल्न सकेको छैन । दुई राष्टबीच भएको खेलमा १-१ गोलको बराबरी नेपालका लागि सबैभन्दा राम्रो नतिजा हो । 

पहिलो लिगमा ३-० गोल अन्तरले पराजित भएको नेपालको आजको लक्ष्य जोर्डानलाई पराजित गर्दै एसिया कपको तेस्रो चरणको छनौटमा सोझै स्थान बनाउने रहने छ । उत्तर कोरियाले छनौट चरणको खेलहरु फिर्ता लिएसँगै समूहको पाचौं र छठौं टोलिको अंक गणना नहुने भएसँगै नेपालले एसिया कपको तेस्रो चरणमा सोझै स्थान बनाउने नसक्ने अवस्था आएको हो ।