काठमाडौं । यहि जुन १३ बाट हुने तय भएको कोपा अमेरिका फुटबल प्रतियोगिता हुने नहुनेमा अन्योलता बढ्दै गएको छ ।

विश्वभर फौलिएको दोस्रो भेरियन्टसहितको कोभिड-१९ का कारण अर्जेन्टिनामा हुने तय भएको कोपा अमेरिका ब्राजिलमा सारिएको थियो ।

कोपा अमेरिको ४७ औँ संस्करणको तोकिएको समय नजिकिँदै गर्दा स्वास्थ्यलाई पहिलो प्राथमिकता दिनुपर्ने भन्दै अन्तिम समयमा आयोजकको राष्ट्रको जिम्मेवारी पाएको ब्राजिल कै खेलाडीहरुले खेल्न कोपाको विपक्षमा उभिएपछि अन्योलता बढेको हो ।

पहिलो चरणको कोभिड-१९ को समयमा ब्राजिलले ठूलो क्षति व्यहोरेको थियो । खेलकुद गतिविधि भएको खण्डमा ठूलो चलपहल भई कोभिड-१९ पुन: अनियन्त्रित हुने देखिन्छ । यसले गर्दा ब्राजिलका कप्तान कासेमिरो कोपा अमेरिका ब्राजिलमा खेल्न नसकिने भन्दै विपक्षमा उभिएका छन् ।

कप्तान कासेमिरो, नेमारका साथै अन्य देशका खेलाडीहरु लुइस सुआरेज, कभानीलगायतका खेलाडीहरुले पनि खेलबारे आपत्ति जनाएका छन् ।

यस विषयमा अर्जेन्टिनाको कप्तान मेस्सीले भने सार्वजनिक रुपमा केही बोलेका छैन तर मेस्सीको समर्थन ब्राजिलका खेलाडीहरुलाई हुने बताइएको छ ।

यसै विवादका कारण  १३ जुनमा हुने ब्राजिल र भेनेजुएलाबीचको उद्घाटन खेल अन्योलमा परेको छ ।