काठमाडौं । आज (शुक्रबार) राति ११:१५ बजे पोर्चुगल र स्पेनबीच मैत्रीपूर्ण खेल हुँदैछ । मिनी विश्वकपको रुपमा परिचित युरोपेली च्याम्पियनसिपको तयारीका लागि साविक विजेता पोर्चुगल र स्पेनबीच मैत्रीपूर्ण खेल हुने भएको हो ।

च्याम्पियनसिप नजिकिँदै गर्दा सहभागी सबै देशहरुले आफ्नो टिमलाई सन्तुलित तथा ससक्त पार्न मैत्रीपूर्ण खेलहरु खेल्न थालेका छन् । वर्षभरिका अधिकांश समय खेलाडीहरु क्लब फूटबलमा व्यस्त रहने भएको हुँदा राष्ट्रिय स्तरको खेलहरु हुँदा राष्ट्रिय टिमको स्थिति बुझ्न तथा कमि कमजोरीहरु सुधार गर्ने उद्देश्यले मैत्रीपूर्ण खेलहरु खेलाइने गरिन्छ ।

युरोपेली च्याम्पियनसिपको लागि छनौट भएको खेलाडीहरु:

स्पेन

गोलरक्षक : उनाइ सिमोन, डे हेया, रोबर्ट स्यान्चेज
डिफेन्डर : जोसे गाया, जोर्डी अल्बा, पाउ टोरेस, एमेरिक लापोर्ट, एरिक गार्सिया, डिएगो लोरेन्टे, सेजार एज्पिलिक्वेटा
मिडफिल्डर : मार्कोस लोरेन्टे, सर्जियो बुस्केट्स, रोड्री, पेड्री, थियागो, कोके, फाबियन रुइज
फरवार्ड : ड्यानी ओल्मो, मिकेल ओयाराज्बाल, अल्भारो मोराटा, जेरार्ड मोरेनो, फेरान टोरेस, एडमा ट्राओरे, पाब्लो सराबिया

पोर्चुगल

गोलकिपर – एन्थोनी लोपेस, रुई प्याट्रिसियो र रुइ सिल्भा
डिफेन्डर – जोओ क्यान्सिलो , नेल्सन सेमेडो, जोस फोन्टे, रुवेन डियास, नुनो मेन्डेस र राफयल गुरेइरो
मिडफिल्डर – डानिलो पेरेइरा, जोओ पाल्हिन्हा, रुवेन नेभेस, ब्रुनो फर्नान्डेस, जोओ मौटिन्हो, रेनाटो सान्चेज, सर्जियो ओलिभेइरा र विलियम कार्भाल्हो
फरवार्ड – पेड्रो गोन्कालभेस, आन्द्रे सिल्भा, बर्नाडो सिल्भा, क्रिस्टियानो रोनाल्डो, डिएगो जोटा, गोन्कालो गुइडेस, जोआओ फेलिक्स र राफा सिल्भा