काठमाडौं। पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १ सय १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयको अनुसार यो सँगै कोरोना सङंक्रमबाट नेपालमा ज्यान गुमाउनेको संख्या ७ हजार ५५५ जना पुगेका छन्। 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ३१६ जना नयाँ संङ्क्रमित थपिएका छन्। १६ हजार ८७८ जनामा गरिएको पिसिआर तथा एन्टिजेन परीक्षणमा उक्त सङ्क्रमित फेला परेका हुन्। यो सँगै नेपालमा कोरोना सङंक्रमितको संख्या ५ लाख ७१ हजार १११ जना पुगेको छ। हाल १ लाख १ हजार ९९३ जना सक्रिय सङ्क्रमित रहेका छन्। 

पछिल्लो २४ घण्टामा ७ हजार २१९ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ। नेपालमा कोरोना सङंक्रमित निको हनुे दर ८०.८ प्रतिशत रहेको छ।