काठमाडौं। पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १ सय ०९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयको अनुसार यो सँगै कोरोना सङंक्रमबाट नेपालमा ज्यान गुमाउनेको संख्या ७ हजार २७२ जना पुगेका छन्। 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ३६९ जना नयाँ संङ्क्रमित थपिएका छन्। १२ हजार ७७० जनामा गरिएको पिसिआर तथा एन्टिजेन परीक्षणमा उक्त सङ्क्रमित फेला परेका हुन्। यो सँगै नेपालमा कोरोना सङंक्रमितको संख्या ५ लाख ५७ हजार १२४ जना पुगेको छ। हाल १ लाख ८  हजार ८९७ जना सक्रिय सङ्क्रमित रहेका छन्। 

पछिल्लो २४ घण्टामा ६ हजार २०५ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ। नेपालमा कोरोना सङंक्रमित निको हनुे दर ७९.२ प्रतिशत रहेको छ।