इलाम। इलाम स्थित सूर्योदय नगरपालिकामा अत्यावश्यकिय सवारीको पास लिन अनिवार्य कोरोना परीक्षण रिपोर्ट चाहिने भएको छ। नगरपालिकाले कोरोना सङ्क्रमणको चेनब्रेक गर्न त्यस्तो व्यवस्था गरिएको जनाएको छ।
नगरपालिकाले अहिले कोरोना सङ्क्रमण नियन्त्रणको अभियान नै चलाएर अत्यावश्यकिय सेवामा सङ्लग्न सवारी चालकहरूको नि:शुल्क एन्टजेन्ट परीक्षण गरिरहेको छ।
नगरपालिकाले आज सूचना जारी गर्दै कोभिड -१९ सङ्क्रमण नियन्त्रणका लागि अन्तरपालिका तथा अन्तरजिल्लामा निर्माण सामग्री, साग सब्जी र खाद्यान्न सामग्रीहरू ढुवानीका लागि आवतजावत गर्ने सवारी चालकहरुको लागि भोली जेठ १२ गते प्राथमिक स्वास्थ्य केन्द्र पशुपतिनगरमा कोरोना परीक्षण गरिने भएकाले सम्बन्धित चालहरू वडाको सिफारिस पत्र, चालक अनुमती पत्र र बिलबुक सहित उपस्थित हुन अनुरोध गरिएको सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाशराज पौडेलले जनाएका छन्।