काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका सांसदहरु गोकर्ण विष्ट,गणेश पहाडी र पवित्रा निरौलाले सांसद विघटनको विरुद्ध संसद् पुनःस्थापनाका लागि माग गर्दै विपक्षी गठबन्धनले दायर गर्न लागेको रिटमा हस्ताक्षर गरेका छैनन्।

पहाडी सन्धुली क्षेत्र नं. -१ का, विष्ट गुल्मीका र निरौला झापाबाट प्रत्यक्षतर्फ निर्वाचन जितेका सांसदहरू हुन्। देउवालाई प्रधानमन्त्री बनाउन उनीहरु सहित १४९ सांसदको हस्ताक्षर राष्ट्रपतिलाई बुझाइएको थियो।

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका एमालेको खनाल–नेपाल समूहका २६ सांसदमध्ये २३ सांसदले मात्रै सर्वोच्चमा दायर गर्न लागिएको रिटमा हस्ताक्षर गरेको बुझिएको छ।