अग्नि पिडित पत्रकार राजन परियारलाई राहत बितरण गरिएको छ । सिन्धुलीका अग्नि पिडित पत्रकार राजन परिवारलाई आज बिभिन्न संघसँस्थाले राहत बितरण गरेको हो ।

रेडियो सिन्धुली आवाजका स्टेसन म्यानजर तथा न्यूज ट्वान्टिफोरको सिन्धुलीका रिपोर्टर राजन परियारको फिक्कल गाउँपालिका -३ चनौटेस्थित घरमा आगलागी भई सम्पूर्ण सामान जलेर नष्ट भएको थियो । गत शुक्रबार ग्यास लिक भई परियारको घरमा आगलागी भएको थियो ।

अग्नि पिडित परियारलाई नेपाल पत्रकार महासंघ सिन्धुलीद्वारा चारसेट सिरक, डस्ना, तन्दा तथा झुल, चामल, चिउरा दाल नुन तथा अन्य सामाग्री गरि २० हजार बराबरको सामाग्री हस्तान्तरण गरिएको महासंघ सिन्धुलीका सचिब पुस्कर थापाले बताए ।

त्यस्तै नेपाल रेडक्रस सोसाइटि सिन्धुलीले भाँडाकुडा, त्रिपाल, लत्ताकपडा, कम्मल तथा अन्य सामाग्री हस्तान्तरण गरिएको सभापति अशोक श्रेष्ठले बताए । अग्नि पिडित परियारलाई नेपाल प्रेस युनियनले पनि सहयोग गरेको छ। युनियनको तर्फबाट ग्याँसचुलोको सेटसहित विभिन्न सामाग्री हस्तानतरण गरिएको युनियन सिन्धुलीका अध्यक्ष यम चौलागाईले बताए। त्यस्तै रेडियो सिन्धुली आवाजको तर्फबाट लत्ताकपडा,आद्यान्नका सामाग्री, स्वास्थ्य सामाग्री लगाायत नगद पनि सहयोग गरिएको रेडियोका अध्यक्ष राजन गाउँलेले बताए।