काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले छुट्टै पार्टी दर्ता गरेका छन् । उनले आईतबार निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरेका हुन्।

कलम चुनाव चिन्ह रहने गरि नेता नेपालले नेपाल कम्युनिस्ट पार्टी(एकीकृत) नामक नयाँ पार्टी गठन गरेको श्रोतको दावी छ ।जीवन राईको अध्यक्षतामा नेकपा (एकीकृत) पार्टी दर्ता भएको हो ।

आफ्नो पार्टी नेकपा एमालेभित्रको आन्तरिक विवादका कारण निम्तिएको राजनितिक उतलपुथलका कारण नयाँ पार्टी दर्ता गरेको बताईएको छ। यसबारे  पूर्ण जानकारी आउन भने बाँकी छ।