ड्रागन फल (Dragon Fruit)

ड्रागन फल दक्षिण अमेरिकाको मेक्सिकोमा फल्ने सिउँडी प्रजातिको रैथाने फल हो । यसको बिरुव सिउँडीको जस्तै हुन्छ । एसियामा सर्वप्रथम भियत्नामले भिञ्याएको ड्रागन फल हाल  थाइल्यान्ड, मलेसिया र इन्डोनेशियामा समेत निकै लोकप्रिय भएको छ । केही वर्षयता नेपालमा पनि ड्रागन फलको खेती आकर्षण बढेको छ ।

यसको वैज्ञानिक नाम "हाइलोसेरुस अन्डटुस" हो । यसलाई "ड्रागन फल" नामको अलवा मुन लभर्स, रात कि रानी, रातकी घण्टी, क्यान्डेलेरा आदी नामले चिनिन्छ । नेपालमा ड्रागन फल वि.सं. २०५७ सालमा पशु चिकित्सक डा. जगन्नाथ राईले भियत्नामबाछ ल्याएका हुन् ।

सिउडी प्रजाति भएकाले यसको खेतीका लागि त्यति धेरै पानी, मलखाद र हेरचाह आवश्यक पर्दैन । नेपालमा भर्खर मात्रै ड्रागन खेतीको व्यवसाय थालिएकोले यसको व्यवसथायीक उत्पादन भई सकेको छैन । तर, नेपालमा यसको खेतीयोग्य वातावरणले गर्दा ड्रागन फलप्रति किसानहरु दिनानुदिन आकर्षित भईरहेका छन् ।

ड्रागन फल औषधीयुक्त गुण भएकोले स्वास्थ्यका लागि निकै लाभदायक हुने मानिएको छ । यसको सेवनले मधुमेह, बाथरोग, क्यान्सर, पेटको समस्या लगायत कम गर्न सकिन्छ । बहुगुणी ड्रागन फल अहिले नेपालको पाँचतारे होटेल र सुपर मार्केटहरुमा मात्रै छिटपुट रुपमा व्यापार हुने गरेको पाईन्छ । तसर्थ, यसको उपयोगिता र बजारको समेत प्रवर्द्धन गर्नु पर्ने देखिन्छ ।


उपयुक्त हावापानी र माटो:

ड्रागन खेतिका लागि उष्ण र उपष्ण क्षेत्र उत्तम मानिन्छ । दक्षिणी मोहडा भएको, प्रसस्त घामलाग्ने र समुन्द्री सतहदेखि १५०० मिटरको उचाइसम्म यसको खेति गर्न सकिन्छ ।

- वर्षा: वार्षिक ५०-१५० सेन्टिमिटर,
- तापक्रम: २०-३० डिग्री सेल्सियससम्म,
- माटो: कालो, रातो, दोमट, फुस्रो, बलौटे, चिम्ट्याइलो, गेगरयुक्त, ढुङ्ग्यान आदी । PH Value ४.५ देखि ७.५ सम्म ।

नेपालको सन्दर्भमा सिँचाइ सुविधा भएको ठाउँ, तराइ, भित्रि मधेश र मध्यपहाडमा खेती गर्न सकिन्छ ।

बिरुवा उत्पादन र रोप्ने तरिका:
एक वा एक वर्ष भन्दा बढी उमेरको बिरुवाबाट कटिङ् गर्नु पर्दछ । कटिङको लम्बाइ ६-१५ इन्च सम्मको हुनु पर्दछ । कटिङ् गर्दा बिरुवामा घाऊ बन्ने भएकोले काटीसकेपछी बिरुवा र कटिङ् काटिएको भाग बोर्देक्स मिश्रणमा डुबाउन पर्छ । कटिङलाई १-२ दिन सम्म अँध्यारो ठाउँमा राख्नु पर्दछ । त्यसपछि उक्त कटिङ्‍लाई उपयुक्त पट मिश्रण बनाई गमला अथवा प्लास्टिकको थैलोमा लगाउन पर्छ । कटिङमा जराको विकास भइसकेपछी ६० से.मि. को खाल्डो खनी बिरुवा रोप्न सकिन्छ ।

फलको जातहरु:

रातो बोक्रा र सेतो गुदी भको ड्रागन फल

पहेलो बोक्रा र सेतो गुदी भको ड्रागन फल

रातो बोक्रा र रातो गुदी भको ड्रागन फल 

उत्पादन

- प्रति रोपनी न्यूनतम: १७०० किलोग्राम
- बजार मूल्य (न्युनतम): रु.७००/- प्रतिकिलो
- प्रति रोपनीमा वार्षिक उत्पादन न्यूनतम रु.८ लाखसम्म ।
- सुरुवाति लगानी प्रतिरोपनी धिकतम रु.२ लाखसम्म ।

एक पटक   लगानी गरी सकेपछी न्यूनतम १५ बर्षसम्म उत्पादन दिने भएकोले लगानी गरी राख्नु पर्दैन ।

यसमा पाईने तत्वहरु:

प्रति १०० ग्राम ड्रागन फलमा
पानी - ८२.५-८३ ग्राम
प्रटिन - ०.१५९ -०.२२९
खरानी -०.२८
चिल्लो पदार्थ - ०.२१ -०.६१
रेसा ०.७ -०.९
क्यारोटिन - ०.००५ -०.०१२
क्याल्सियम - ६.३.-८.८
फस्फोरस - ३०.२-०.६५
फलाम ०.५५ - ०.६५
भिटामिनहरु

बि वान -०.२८ -०.४३
बि टु -०.०४३-०.०४५
बि थ्रि -०.२९७ -०.४३
सि - ८-९

थायमिन - ०.२८-०.४३
नियसिन - १.२९७ -१.३

राति मात्र फुल्ने भएको यसलाई रातकी रानी पनि भन्ने गरिन्छ

यसका फाइदाहरु:

यसमा प्रमुख मात्रामा एन्टिअक्सड्न्ट, ओमेगा, भिटामिन सी, फलाम र प्रशस्त मात्रामा पानी पाइन्छ । मानिसको छालालाई चाहिने तत्व पाईनुका साथै प्रशस्त फाईबर हुने भएकोले पाचन प्रणालीलाई समेत चुस्त दुरुस्त बनाउँ छ । यसका अलवा ड्रागन फलका फाईदाहरु निम्नानुसार रहेका छन्:

- क्यालसियम पाइने भएकोले दाँत र हड्डी बलियो बनाउँछ,
- डेङ्गो, सुगर, मुटु रोगीलाई जीवन वरदान सावित गर्दछ,
- बालबालिका, जेष्ठनागरिक, गर्भावस्थाका महिला र रोगीहरुका लागि बहुउपयोगी फल,
- उच्च रक्तचाप र कोलेस्ट्रोन सन्तुलन गर्न सघाउँछ,
- कब्जियत निको पार्छ,
- क्यान्सर रोगी उपयुक्त, अत्याधिक मोटोपन सन्तुलन गर्न सघाउँछ,
- बढ्दो उमेरका बालबालिकाहरुका लागि उपयोगी, आँखाको दृष्टि लागि वरदान सावित हुन्छ ।

सन्दर्भ सामग्री:

-एग्रो टाईम्स मासिक

-https://www.facebook.com/dragonfalkhetinepal