सांकेतिक तस्विर

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका वडा नं. २ का कृषकको लागि कृषि सामाग्री वितरण गरिएको छ । वडा नं. २ का वडा अध्यक्ष चन्द्रनाथ गौतमले आज कृषकहरुलाई कृषिमा आककर्षण गर्नेका लागि कृषि सामाग्रस बितरण गर्नुभएको हो। 

वडाको आर्थिक सहयोगमा गाउँपालिकाले खरिद गरिएको प्लाष्टिक टनेल ७ जना कृषकलाई र १ जनालाई प्लाष्टिक पोखरी निर्माण सामग्री वितरण गरिएको अध्यक्ष गौतमले जानकारी दिनुभयो। यस्तै मरिण गाउँपालिकाको आर्थिक सहयोगमा हिँउदे तरकारीको बिउ र बाख्रा खेति गर्ने कृषकको लागि भटमासे जातको घाँसको बिउ बितरण गरिएको छ। वडा नं. २ व्यवसायिक तरकारी खेति तथा बाख्रा पालनको लागि योग्य स्थान रहेकाले कृषकको प्रोत्साहन तथा हौसलाका लागि बिउबिजन वितरण गरिएको गौतमले बताउनु भयो । 

तरकारी खेतिको लागि आत्मनिर्भर हुने गाउँपालिकाको लक्ष्य रहेको छ । यस्तै २ नम्बर वडाको माथिल्लो सखौरि लाई बाख्रा पकेट क्षेत्र समेत घोषणा गरिएको छ ।