सिन्धुलीमाढी। कमलामाई नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई धानको बिउ वितरण गरीरहेको छ। नगरपालिकाले कृषको माग अनुसार उन्नत र मुल धानको बिउ वितरण गरेको हो ।

नगरपालिकाको ५० प्रतिशत अनुदानमा १४ वटै वडाका कृषकलाई साबित्रि, रामधान र मकानपुर धानको बिउ वितरण गरीएको नगरपालिकाका कृषि प्राविधिक देबी प्रसाद सापकोटाले जानकारी दिए । प्राविधिक सापकोटाका अनुसार १४ बटै वडाका कृषकका लागि साबित्रि ९ टन, रामधान ४ टन र मकवानपुर १ टन गरी १४ टन उन्नत र मुल धानको बिउ ल्याइएको थियो । आधा जसो बिउ वितरण भइरसकेको छ भने आधा वितरण गर्न बाँकि रहेको छ ।

नगरपालिकाको कृषि कार्यालयले कृषकहरुलाई धानको बीउको लागि फारम भर्न भनिएको थियो । सोही अनुसार बिउ वितरण गरिरहेको छ। धानको बिउ कृषि शाखाबाटै वितरण गरीएको छ। कुनै वडाले भने आफ्नै वडाबाट वितरण गरीरहेको छ । ११ नम्बर वडाले भने आफ्नै वडाबाट धानको बिउ वितरण गरीरहेको छ । उक्त वडामा २ हजार ३ सय १० केजि धानको बिउ खपत भएको वडा अध्यक्ष राम तामाङले बताए । ११ नम्बर वडा धान उत्पादनको लागि उर्बरा जमिन भएको ठाउँ हो । त्यस्तै कमलामाई नगरपालिकाको ४ नम्बर वडामा सबैभन्दा बढि धान उत्पादन हुने क्षेत्र हो । उक्त स्थानमा कृषकले साबित्रि धान लगााउने गरेको ४ नं वडाका कृषि प्राविधिक पोष्टराज अधिकारिले बताए ।

प्राविधिक अधिकारिका अनुसार उक्त क्षेत्रमा कृषकको माग अनुसार साबित्रि धानको बिउ वितरण गर्न नसकेको बताए । कोरोनाका कारण माग भएको अनुसार साबित्रि धानको बिउ आउन नसकेको कारण कृषको माग अनुसार बिउ वितरण गर्न नसकेको बताए। तर बिउ लिनका लागि आएका कृषकलाई आलि हात फर्काएको छैन उनले बताए । २ नं वडामा भने धानको बिउ वितरण भइसकेको उक्त वडाका कृषि प्राविधिक सबिना थापाले बताइन् । ३५ जना कृषकले फारम भरेका थिए सबै जनालाई बिउ वितरण गरीएको थापाले बताइन् । अन्य वडाका कृषकलाई पनि बिउ बाडिरहेको छ । कोरोनको जोखिमलाई मध्यनजर गदैँ स्वास्थ्य मापदण्ड पालना गरेर कृषकलाई बिउ वितरण गरीएको छ ।