काठमाडौं। नेकपा माओवादी (केन्द्र)का अध्यक्ष  पुष्पकमल दाहाल (प्रचण्ड)ले सर्वोच्चले फेरी संसद् पुन:स्थापना गर्ने दाबी गरेका छन्। उनले सरकारले गरेको असंवैधानिक कदमविरुद्ध राजनीतिक र कानूनी प्रतिवाद गर्ने बताउँदै त्यस्तो बताएका हुन्।

माओवादी स्थायी समितिको बैठक बोलाएका प्रचण्डले गठवन्धनको बैठकबाट निस्कनेक्रममा त्यस्तो बताएका हुन्। पत्रकासँगको कुराकानीमा उनले भनेका छन् ‘यो कदम असंवैधानिक मात्र होइन, निरंकुश, स्व]च्छाचारी र प्रतिगमनकारी छ। यो प्रतिगमनकारी कदमका विरुद्ध सर्वोच्च जान्छौ । हिजो १४९ जनाको बहुमतले दावी प्रस्तुत गरेका थियौं उहाँहरु सबैको हस्ताक्षरसहित सर्वौच्च जान्छौँ।’

उनले आफुहरूले १४९ सांसदको बहुमत लिएर जाँदा पनि दाबी ठहर नहुनु र मध्यरातमा संसद् विघटन गर्नु असंवैधानिक भएको बताए। उनले अदालतले पहिलेजस्तै फेरी लोकतन्त्र र संसद्को पक्षमा फैसला गर्नेमा आफूहरु ढुक्क गरेको पनि उनले बताए।

पत्रकारसँग उनले भने ‘पहिलो एपिसोडमै लाखौं जनताले सडकमा आएर प्रतिगमनको विरुद्धमा छौं भनेर देखाइसकेका छन् । अहिले कोरोनाको यो महामारीका बेला कोरोना महामारीविरुद्ध उत्रिनुपर्ने बेलामा प्रधानमन्त्री र राष्ट्रपति मिलेर देशलाई जसरी दुर्घटनातिर लगेका छन्, त्यसलाई जनताले सहने छैनन् । यसको स्थानीय तहदेखि नै प्रतिवादमा जनता उत्रिने छन्।’