सिन्ध्ली। सिन्धुलीमाढीस्थित कोभिड अस्पताललाई अग्नी ग्रुपले एक सय केभिएको जेनेरेटर सहयोग गरेको छ। शनिबार महिन्द्रा युनिलिटि भेइकल्स, ट्रयाक्टर तथा महिन्द्रा पाओरल डिजेल जेनेरेटरको अधिकारीक विक्रेता अग्नि ग्रुपले कोभिड अस्पताललाई जेनेरेटर हस्तान्तरण गरेको हो।
बागमति प्रदेश सभा सदस्य प्रदिप कटुवालको आग्रह र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रलाद पोखरेलको अनुरोधमा ग्रुपले कोभिड अस्पतालका लागि जेनेरेटर हस्तान्तरण गरेको बताएका छन्। जेनेरेटर बुझ्दै अध्यक्ष पोखरेलले सहयोगका लागि अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्यविनेट श्रेष्ठलाई धन्यवाद ज्ञापन गरेका छन्।
नयाँ भेरिएन्ट सहितको कोरोनाको दोस्रो लहर फैलिएसँगै कोभिड अस्पतालमा बिरामीको चाप बढेपछि विद्युत नियमित नभएको समयमा पनि अस्पतालमा विद्युन परिपूर्तिका लागि जेनेरेटर सहयोग माग गरिएको थियो। इन्कोर्पोरेटेड प्रालिको थ्रिएस सेटअप विक्रि शाखाका सेल्स इन्चार्ज उद्धव राउतले अस्पतालमै पुगेर जेनेरेटर हस्तान्तरण गरेका हुन्।
अग्नी ग्रुपका तर्फबाट राउतले विद्युत नभएको समयमा पनि संक्रमित बिरामीहरूको उपचारमा समस्या भएको गुनासो आएको र सहयोगका लागि अपिल गरिएकोले जेनेरेटरको अभावमा अग्जिन प्लाट संचालन र बिरामीको उपचारमा समस्या भएको समाचार आएपछि ग्रुपले अस्पतालमा उपचाररत बिरामीले अकालमै ज्यान गुमान नपरोस् भनेर जेनेरेटर सहयोग गरेको बताएका छन्।