इलाम। इलाम जिल्लाको सूर्योदय नगरपालिकामा पछिल्लो समय थप २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। नगरपालिकामले जेठ ४ गते २२ जनाको स्वाब सङ्कलन गरी पिसिआर विधिबाट भएको परिक्षण र आज ६ गते ३५ जनामा एन्टिजेन्ट विधिबाट ३५ जनामा गरेको परीक्षणमा उक्त सङ्क्रमित फेला परेको हो।

नगरपालिकाले जेठ ४ गते नगरपालिकाको वडा नं. १०, ४ र ९ का २२ जनाको स्वाब सङ्कलन गरी पिसिआर बिधिबाट परीक्षण गर्न मेची अञ्चल अस्पताल कोटीहोम प्रयोगशाला पठाएकोमा १० जनामा सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य निरीक्षक विपुल अधिकारले जानकारी दिएका छन्। 

त्यस्तै नगरले आज ६ गते ३५ जनाको एन्टिजेन्ट विधिबाट गरेको परीक्षणमा १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको निरीक्षक अधिकारीले जन‍ाएका छन्। यो सँगै नगरपालिकामा सङ्क्रमितको संख्या ६८ पुगेको छ भने २ जना निको भइसकेका छन् भने २ जनाको कोरोना सङ्क्रमणको मृत्यु भएको छ।