इलाम। इलाम जिल्लाको सूर्योदय नगरपालिकाले मनोसामाजिक परामर्श सहितको आधारभूत (प्रारम्भिक) कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ। अस्थायी अस्पताल नगरपालिका र विभिन्न संघ संस्थाको सहयोगमा सञ्चालनमा ल्याईएको हो।

नगर प्रमुख रण बहादुर राईका अनुसार तत्काल १० बेडको अक्सिजन सहितको अस्थायी अस्पताल बेड संख्या आवश्यक परे थप गर्न मिल्ने गरी प्राथमिक स्वास्थ्य केन्द्र पशुपतिनगरलाई व्यवस्थापन गर्ने गरी सामाग्रीहरूको व्यवस्थापन गरिएको जनाउनु भएको छ। नगरपालिकाले कोभिड सक्रमित व्यक्तिहरूलाई मनोसामाजिक प्राथमिक उपचार (Psychosocial Primary Aid) का लागि फोनबाटै परामर्श लिन सकिने गरी मनोसामाजिक परामर्श तादाको व्यवस्था गरिएको नगर प्रमुख राईले जनचासो खबरलाई जानकारी दिनु भएको छ। उहाँका अनुसार मनोसामाजिक परामर्श दाताका लागि मनोसामाजिक परामर्शदाता जिज्ञासा लामालाई 9852626022 मा सम्पर्क गर्न सकिने र सङ्क्रमितहरूले स्वास्थ्य परामर्शको लागि डा. सरोज दर्नाल (9849142847) र डा. विमल श्रेष्ठ (9863320165) मा सम्पर्क गरी परामर्श लिन सकिने बताउनु भएको छ। 

नगरपालिकाको सवै बडाको स्वास्थ्य सम्वन्धी जानकारी लिनका लागि फोकल पर्सन तोकिएको र फोकल पर्सन मार्फत वडाबासीहरूको स्वास्थ्य अवस्था जानकारी लिन सकिने छ। पिसीआर को रिपोर्ट प्राप्त गर्न समय लाग्ने भएको हुनाले नगरपालिकाले आवश्यक र सिआईसिटीले सिफारीस गरेका व्यक्तिहरूको एन्जिजेन्टमार्फत परीक्षण विधिलाई प्राथमिकता दिएको प्रमुख राईले बताउनु भयो।

नगरले महामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै अक्सिजन सहितको एम्वुलेन्स व्यवस्थापन गरेको र असहाय, असंगठीत र अति विपन्न कोभिड सक्रंमित परिवारलाई राहतको व्यवस्थापनका लागि टोल विकास संस्था र वडा कार्यलयको सिफारिस अनुसार राहत वितरण गर्न विपद व्यवस्थापनलाई जिम्मेवारी प्रदान बताउनु भएको छ। त्यस्तै, नगरपालिकाले नगरभित्र कुनै पनि विपद् आईपरेमा नगर प्रहरीसँगै पेमा उगेन लामाको संयोजकत्वमा हाइअलर्ट समिति गठन गरेको जनाउनु भयो।

त्यस्तै, नगरले अत्यावश्यिक सेवाको लागि टोल फ्रि नम्वर (१६६०२७५२२२२ ) २४ सै घण्टा खुल्ला रहने बताउनु भयो।