खाङसाङ। सिधुली जिल्लाको फिक्कल गाउँपालिका स्थित खाङसाङमा पहिलोपटक अक्सिजनसहितको आईसोलेसन सञ्चालनमा ल्याएको छ।  गाउँपालिका क्षेत्र भित्र कोरोना सङ्क्रमितको संख्या बढ्दै गएको र अस्पतालसँगको दूरी टाढा भएकाले गाउँपालिकाले मङ्गलबारबाट अक्सिजन सहितको आइसोलेसन सञ्चालनमा ल्याएको हो।

गाउँपालिकाले आफ्नै प्रयासमा अक्सिजन र नर्सिङ सेवा सहितको आइसोलेसन बेड सञ्चालनमा ल्याएको गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारले बताउनु भयो । उपाध्यक्ष सुनुवारको अनुसार नयाँ भेरएन्ट सहितको कोरोनाको दोस्रो लहरको सङ्क्रमण गाउँगाउँसम्म फैलिएकाले गाउँपालिकाले वडा नं. -४ खाङसाङमा रहेको सुनकोशी माध्यमिक विद्यालयमा अक्सिजनसहितको १० वटा आईसोलेसन बेड तयार गरिएको जनचासो स्रोतलाई जनाउनु भएको हो। 

त्यस्तै, उपाध्यक्ष सुनुवारले गाउँपालिकाभित्र केही सर्वसाधारणमा कोरोना सङ्क्रमण पुष्टि भएपनि लक्षणसहितको सङ्क्रमितको संख्या कम भएकाले सङ्क्रमितहरूलाई उच्च मनोवल कायम राख्न र गाउँपालिकाबासीले जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना गर्न अनुरोध गर्नुभएको छ।