रामेछाप। पछिल्लो २४ घण्टामा मात्रै रामेछापमा १ सय ४५ जना कोरोना सङ्क्रमित थिपएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ। स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार जिल्लामा कोरोना सङ्क्रमण हालसम्मकै उच्च हो।
अधिकृत थापाका अनुसार सङ्क्रमितहरू सुनापति गाउँपालिकाका २० जना, दोरम्बा गाउँपालिकाका २८ जना र रामेछाप र मन्थली नगरपालिकाका ९७ जना रहेका छन्। यससँगै जिल्लामा कोरोनाको दोस्रो लहरमा मात्रै कोरोना संक्रमित हुनेको संख्या ४ सय ८५ जना पुगेका छ।