काठमाडौं। प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवारले अत्यावश्यकिय स्वास्थ्य सामग्री सहित पिसिआर परीक्षण किट भिटिएम जिल्ला स्वास्थ्य कार्यालय र कोडि -२९ सेन्टर ओखलढुङ्गालाई सहयोग गर्नु भएको छ। उहाँले महामारीको विषम परिस्थितिमा जिल्लामा स्वास्थ्य सामग्री अभाव भएको हुँदा उक्त स्वास्थ्य सामग्रीहरू आफ्नो पहलमा जिल्ला स्थित पुर्‍याई सोमबार हस्तान्तरण गर्नु भएको हो।

सांसद् सुनुवारले जिल्लामा किट अभावका कारण कोभिड -१९ परीक्षण रोकिने अवस्था आएपछि स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागसँग समन्वय गरेर भिटिएम किट, गाउन, सेनिटाइजर, सजिर्कल मास्क एन -९५ मास्क, थर्मोमिटर पल्स अक्सिमिटर लगायतका स्वास्थ्य सामग्री जिल्ला सङ्कट व्यवस्थापन केन्द्र मार्फत जिल्ला स्थित स्वास्थ्य संस्थाहरुलाई हस्तान्तरण गरेका हुन् ।

सांसद सुनुवारले थप मास्क तथा सेनिटाइजर आफ्नो व्यक्तिगत पहलमा समेत हस्तान्तरण गर्नु भएको छ। उहाँले सुरक्षा निकाय, कोरोना संक्रमण उच्च जोखिममा रहेका स्थानीय तह समेतलाई १० हजार मास्क तथा सेनिटाइजर सहयोग गर्नु भएको छ।

उहाँले थप एन्टिजेन किट तथा पिसिआरका लागि भिटिएम स्वास्थ्य सेवा विभागलाई ताकेता गरेको र जिल्लाबासीलाई अत्यावश्यकिय स्वास्थ्य सामग्री अभाव हुन नदिने र चाँडै परीक्षण किट उपलब्ध गराउने प्रतिबिद्धता जनाउनु भएको छ।