तस्विस: फेसबुकबाट साभार

सिन्धुली। सिन्धुलीका सामाजिक अभियान्ता तथा समाजसेवी उज्जवल विक्रम थापाले कोभिड -१९ को महामारीसँग लडिरहेको सिन्धुलीका स्थानीय तहहरूलाई स्वास्थ्य सामग्री सहयोग गर्नु भएको छ। जिल्ला स्थित सबै स्थानीय तहहरूलाई अत्यावश्यकिय स्वास्थ्य सामग्री सहयोग गर्नु भएको हो।

जिल्ला स्थित सातवटा गाउँपालिकालाई मास्क २० बक्स, सेनिटाइजर ६ पिस, फेस सिल्ड १०० पिस, पल्स अक्सिमिटर २ पिस, डिजिटल थर्मोमिटर ४ पिस, ग्लोब्स २ बक्स, पिपिई ४ सेट र ह्याण्ड वासर (५०० मि.लि) ४ पिसका दरले सहयोग गर्नु भएको छ।

त्यस्तै, दुधौली नगरपालिकाले अभियान्ता थापाबाट ग्लोब्स ७ बक्स, सर्जिकल मास्क ३५ बक्स, पिपिइ १० सेट, फेस सिल्ड १५० पिस, सेनिटाइजर १० पिस, डिजिटल थर्मोमिटर ८ पिस, ह्याण्ड वासर ८ पिस सहयोग प्राप्त भएको जनाएको छ।  अभियान्ता थापाले नयाँ भेरिएन्ट सहितको कोभिड -१९ सँग लड्न जिल्ला विभिन्न स्वास्थ्य संस्थाहरूलाई समेत अत्यावश्यकिय स्वास्थ्य सामग्री सहयोग गर्नु भएको छ।

दु:खि, गरीब, असाहयको अभिभाव बन्दै आएका समाजसेवी उज्जवल विक्रम थापा महिला हिंसाको उत्पिडनमा परेर एसिडद्वारा जलाईएकी मुस्कान खानुतको उपचारमा समेत सहयोग गर्नु भएको थियो। अन्तत: निको भएर एसिड आक्रमणविरुद्धको अभियानमा लागेकी बीरगञ्जकी मुस्कान खातुन अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्ने सन् २०२० को प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी पुरस्कार  जितेकी थिइन्।

यो पनि पढ्नुहोस्:

मुस्कान खातुनलाले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार पाउने