काठमाडौं । साताको अन्तिम शेयर बजार १० अंकले बढेर दुई हजार छ सय ८४ विन्दु पुगेको छ । फाइनान्स उपसमूहमा लगानीकर्ताहरुको भीड देखिएको बजारमा ७ अर्ब १२ करोड बढीको करोबार भएको छ ।

आजको बजारमा २ सय १८ कम्पनीको २ करोड १९ लाख ५५ हजार बढी कित्ता शेयर खरिद बिक्री भएको छ । करोबारमा आएक १३ उपसमूह मध्ये ९ उपसमूह बढेको छ भने ४ उपसमूह ऋणात्मक बनेको छ । 

बढ्ने उपसमूहमध्ये सबैभन्दा बढी फाइनान्स उपसमूह ४ दशमलव ६८ प्रतिशतले बढेको छ भने विकास बैैकको २ दशमलव ५१ प्रतिशतले बढेको छ । ऋणात्मक बन्ने उपसमूहहरु सबै १ प्रतिशतभन्दा कमले घटेको छ । 

अघिल्लो दिनको भन्दा झन्डै २ अर्ब बढीको कारोबार भएको छ ।