काठमाडाैं । आज बुधबार शेयर बजार सामान्य बढेर बन्द भए पनि ३ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । सर्किट लाग्ने कम्पनीहरुमा बोटलर्स, नारायणी बै‌क र आँखुखोला हाइड्रो रहेको छ । 

यसका साथै अन्य नौ वटा कम्पनीहरुको शेयर मूल्य ९ प्रतिशत बढीले बढेको छ । त्यस्तै ऋणात्मक कारोबार हुनेमा सबैभन्दा बढी ऋणात्मक कारोबार भएको साल्ट ट्रडिङ्ग कम्पनीको २ दशमलव २७ प्रतिशतले घटेको छ । 

अघिल्लो दिनभन्दा कारोबार रकममा पनि कमि आएको छ । आज पाँच अर्ब ३२ करोड बढीको मात्र कारोबार भएको छ । दुई सय १५ कम्पनीहरुको शेयर कारोबारमा आएको थियो भने एक करोड ४८ लाख ५४ हजार चार सय २२ कित्ता शेयर करोबार भएको छ । 

रोबारमा आएको १३ उपसमूह मध्ये ७ उपसमूह बढेको छ भने ६ उपसमूह ऋणात्मक भएको छ । बढेको उपसमूहमध्ये उत्पादन क्षेत्रको सबैभन्दा बढी एक दशमलव ७१ अंकले बढेको छ भने व्यापार उपसमूह सबैभन्दा बढ एक दशमलव शुन्य दुई अंकले घटेको छ ।