काठमाडौं। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गरुङ पुन:नियुक्त भएसँगै आजै सपथ लिएका छन्। पदभार तथा गोपनियताको सपथ लिएसँगै गुरुङले आजै कोभिड -१९ नियन्त्रण कोषलाई सहयोग गर्ने निर्णय समेत गरेका छन्।

पदभार सम्हालेर पहिलो निर्णय गरेका मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले खडा गरेका कोभिड १९ कोषमा प्रदेश सरकारको तर्फबाट ४ करोड सहयोग गर्ने निर्णय गरेका छन्। मुख्यमन्त्रीका सचिवालय स्रोतका अनुसार मुख्यमन्त्री गुरुङले सहयोग गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।