साङ्केतिक तस्विर

सिन्धुली। मरिण गाउँपालिका -३ मथौलि (सिन्धुली)मा आफ्नै भाइले दाजुको हत्या गरेका छन्। मथौलीका स्थानीय गणेश भनिने मान बहादुर बम्जनले जेठो दाई चेत बहादुर बम्जनलाई घाँटि रेटि हत्या गरेका हुन्। 

जिल्ला प्रहरी कार्यलय सिन्धुलीका अनुसार काईलो भाई गणेश भनिने मान बहादुर बम्जनले आफ्नो जेठो दाई चेतबहादुर बम्जनलाई पहिले बन्चरो प्रहार गरी शक्त घाईते बनाई घाँटी रेटेर हत्य गरेको जनाएको जनाएको।

मरिण गाउँपालिका वडा नं. ३ का अध्यक्ष विमर्श मोक्तानका अनुसार दाजु भाई नै दैनिक मदिरा सेवन गर्ने गरेको र मानसिक सन्तुलन ठिक नभएकाले त्यस्तो घटना भएको हुनसक्ने जनाएका छन्।  ४८ वर्षिय जेठा दाजु छिमेकीको घर बनाइरहेका अवस्थामा ४५ वर्षिया भाईले बोलाएर घर पुर्‍याएपछि हत्या गरेको मोक्तानले जनाए।

हत्या आरोपित गणेश भनिने मानबहादुर बम्जनलाई इलाका प्रहरी कार्यलय कपिलाकोटले नियन्त्रण लिएको छ । घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यलय सिन्धुलीमा लैजाने तयारी गरीरहेको प्रहरीले जनाएको छ।