सिन्धुलीमाढी। सिन्धुली जिल्लाभर थप जेठ ८ गते सम्म निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा डिसिसियससिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

कमलामाई नगरपालिकामा जारी गरिएको निषेधाज्ञा आज राति १२ बजेसम्म तोकिएको थियो। जिल्लामा कोरोना संक्रमितको सङ्ख्या ह्वात्तै वृद्धि भएकाले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । आज राति १२ बजेबाट जेठ ८ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो । आज बसेको बैठकले जिल्ला स्थित राष्ट्रिय र अनर्तराष्ट्रिय गैरसरकारि संस्था सँग बिरामिहरुको लागि थप ब्यबस्थित बनाउन तथा स्वास्थ्य सामाग्री अपुग भएकाले उक्त संस्थालाई उपलब्ध गराउन आह्वान गरिने भएको छ ।

सिन्धुली अस्पतालद्धारा संचालित कोभिड अस्पतालामा बिरामिको संङख्या बद्धि भएकाले सुरक्षाका लागि एउटा सुरक्षा पोष्ट स्थापनाका लागि सुरक्षा निकाय सँग माग गर्न निर्णय भएको जनाइएको छ ।

कोभिड १९ उपचारमा सहजता ल्याउनका लागि वल्ड भिजन इन्टरनेसनल टिडिएच जर्मनको आर्थिक सहयोगमा रिलिफ नेपाल मार्फत आज पनि ४५ वटा अक्सिजन सिलिण्डर प्रदान गरिएको छ । उक्त संस्थाले यसअघि पनि १५ वटा अक्सिजन सिलिण्डर जिल्ला कोभिड संकट व्यवस्थाप केन्द्रलाई प्रदान गरेको थियो । उक्त अक्सिजन सिलिण्डर सिनधुली अस्पताललाई १५ वटा र दुधौलि नगरपालिका लाई ६ वटा हस्तानतरण गरिसकेको पनि आज बसेको बैठकले जनाएको छ ।

जिल्लाका प्राथमिक स्वास्थ केन्द्रहरुमा अक्सिजन सिलिण्डरको कमि भइरहेको भन्ने गुनासो रहेको छ । अक्सिजन सिलिण्डर हरिहरपुरगढि गाउँपालिकामा ५ वटा, मरिण गाउँपालिकामा ६ वटा, घ्याङलेख गाउँपालिकामा ५ वटा, तिनपाटन गाउँपालिकामा ८ वटा, फिक्कल गाउँपालिकामा ५ वटा, गोलन्जोर गाउँपालिमा ५ वटा प्रदान गरिने व्यवस्था भइरहेको जनाइएको छ ।