काठमाडौं । आज मंगलबार शेयर बजार दोहोरो अंकले बढेको छ । बजार खुलेसँगै उकालो लागेको बजार २७ दशमलव ४७ अंकले बढेर २६ सय ७३ दशमलव ३१ विन्दुमा पुगेको छ ।

त्यस्तै सेन्सेटिभ ३ दशमलव १२ अंकले बढेर ४ सय ७८ दशमलव २४ विन्दुमा पुगेको छ । 

दोहोरो अंकले बढेको बजारमा २ सय २० कम्पनीको ५ अर्ब ८१ करोडभन्दा बढीको कारोबार भएको छ ।  कारोबारमा आएको १३ वटै उपसमूह बढेको छ भने सबैभन्दा बढी अन्य समूहको २ दशमलव ५३ प्रतिशतले बढेको छ ।

बढ्दो बजारमा बोटलर्स नेपालको सबैभन्दा बढी १० प्रतिशतले बढेको छ भने विशालबजारको १० प्रतिशतले शेयर मूल्य घटेको छ ।