काठमाडौै‌‌, १० असोज । इङ्लिस प्रिमियर लिगको तेस्रो चरणको पहिलो खेलमा म्यानचेष्टर युनाइटेड विजय भएको छ । 

युनाइटेडले व्रिगटोनको घरेलु मैदानमा ३-२ गोल अन्तरले पराजित गरेको हो । व्रिगटोनले घरेलु मैदानमा नेल माउपेको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । तर गोल भएको तीन मिनेट पछि नै व्रिगटोनको लेविस डङ्कले आत्मघाती गोल गरेपछि पहिलो हाफ बराबरीमा सकिएको थियो । 

दोस्रो हाफको ५५ मिनेटमा मर्कुस रासफोर्डले गोल गरेपछि  युनाइटेडले २-१ गोलको अग्रता बनाउन सफल भयो । त्यस्तै खेलको इन्जुरी समयको ९०+५ मा व्रिगटोनले खेललाई बराबरीमा ल्याउन सफल भएको थियो । तर इन्जुरी समयको ९०+१० मा  युनाइटेडले पेनाल्टी पाउन सफल भयो । उक्त अवसरमा फर्नान्डेजल गोल गर्दै युनाइटेडलाई जिततर्फ डोहोर्‍याउन योगदान गरे ।

त्यस्तै अर्को खेलमा क्रिस्टल प्यालेसको घरेलु मैदानमा एभरटोनले २-१ गोल खेल जित्यो ।

क्रिस्टलको ग्राउनमा एभरटोनका कलभर्ड लेविनले खेलको १०औं मिनेटमा गोल गर्दै अग्रता दिलाउन सफल भए । खेलको २६ औं मिनेटमा क्रिस्टलले गोल गर्दै खेललाई बराबरीमा ल्याएको थियो तर दोस्रो हाफको ४०औं मिनेटनमा प्राप्त पेनाल्टीमा एभरटोनको रिचार्सलिसनले गोल गर्न सफल भए । बाँकी समयमा दुवै पक्षबाट गोल हुन नसके पछि एभरटोनले खेल २-१ गोल अन्टरले जित्न सफल भयो । 

जितसँगै एभरटोनले जारी सिजनको ३ खेलमा शतप्रतिशत जित निकाल्दै ९ अ‌ंकसहित लिगको शीर्षस्थानमा रहन सफल भएको छ ।