कोरोना महामारीको कारण गत चैत्रदेखि रोकिएको लोक सेवा आयोगको शाखा अधिकृत र नायब सुब्बाको परीक्षा सञ्चालन हुने भएको छ । लोक सेवा आयोगले शुक्रबार सूचना जारी गर्दै रोकिएको परीक्षा सञ्चालन गर्न लागेको हो ।

 

आयोगको सूचना अनुसार रा.प. तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत न्याय तर्फको परीक्षा आगामी २०७७ कार्तिक १८, १९ र २० गते सञ्चालन हुने । व्यवस्थापिका संसदको आन्तरिक प्रतियोगिता तर्फ कार्तिक २१ र २२ गते तथा संयुक्त र एकीकृत तर्फ खुला तथा समावेशीका लागि प्रथम चरण पास गर्नेहरुको लागि आगामी २०७७ कार्तिक २३, २४, २५ र २६ गते परीक्षा सञ्चालन हुने भएको छ ।

 

त्यस्तै रा.प.अनं. प्रथम श्रेणी(अप्राविधिक) नायबसुब्बाको परीक्षा मंसिर ७ देखि १२ गतेसम्म सञ्चालन हुने भएको छ ।